मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहजस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकूल असर पार्ने विधेयक संसद्मा पेस नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानुनी प्रस्ताव अघि नबढाइने स्पष्ट पारे ।

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,‘मन्त्री चौरसियाले भने ।

बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बन्न लागेको भन्ने समाचारबारे सरकारको धारणा माग गरेका थिए । केही मिडियामा सरकारले बहुविवाहसम्बन्धी कानुनी मस्यौदा तयार पारेको दाबी गर्दै समाचार प्रकाशित भएपछि आलोचना भएको थियो ।

मन्त्री चौरसियाले विवाह गर्ने उमेरलगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार