मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

महाकुम्भमा भागदौड, १४ जनाको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१६ माघ २०८१, बुधवार

महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते छन्।

उत्तर प्रदेशस्थित  प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्।

उत्तर प्रदेशस्थित  प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्।

दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा उ१४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।

भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। यसैबीचप्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री आदित्यनाथ योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।

होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए। यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो।

दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन्। संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै