मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प’

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

झापा कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकाल्दै पार्टीको तर्फबाट आवश्यक तयारी गर्ने निर्णय गरेको छ । त्यसका लागि मेची महाकाली जनजागरण यात्रा गर्ने,  युवा दस्ताको तयारी गर्ने, विभिन्न चरणमा प्रशिक्षण सञ्चालन गर्ने,  जनताको माझमा राप्रपा नेपाल अभियान सञ्चालन गर्नुका साथै राजधानी केन्द्रित प्रदर्शन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको दाबी गर्दै राप्रपा नेपालले जनताले विद्यमान असक्षम र भ्रष्ट शासकीय प्रणालीबाट मुक्ति खोजेको जिकिर गरेको छ । व्याप्त संकट समाधानको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धि सहितको परिवर्तन नै आजको उपयुक्त विकल्प भएको राप्रपाको तर्क छ । ‘उक्त विकल्प स्थापित गर्ने क्रममा राप्रपा नेपालले सहमतिको आधारमा वर्तमान संविधानमा संशोधन गरेर पनि राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सकिने तथा सो सम्भव नभएमा जनआन्दोलन नै अन्तिम विकल्प हुने राप्रपा नेपालको निष्कर्ष समेत रहेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनलाई सफल तुल्याउन राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी सबैको एउटा साझा “वृहत् राष्ट्रिय मोर्चा” निर्माणको लागि राप्रपा नेपालले प्रस्ताव गरेको छ ।

पार्टीले उक्त मोर्चा निर्माणको निमित्त सम्बद्ध सबै पक्षहरूसँग तत्काल वार्ता आरम्भ गर्ने पनि जनाइएको छ । 

मोबाइल टेलिफोन सेवा प्रदायक संस्था एनसेलको हालै मलेसियामा भएको शेयर खरिद बिक्री प्रकरणमा अर्बौँको भ्रष्टाचार भएको आशङ्का गरिएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

 एनसेल खरिद बिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी अपराधिहरुलाई कानुनको कठघरामा खडा गर्न राप्रपा नेपालले  अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार