मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

नगरपालिका भित्र हुने भ्रष्टाचारकाे बिषयमा पाँच दलकाे ज्ञापन

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१० आषाढ २०८१, सोमबार

झापा   नगरपालिका भित्र भ्रष्टाचार भएको भन्ने बिषयमा वडा अध्यक्षले नै सार्वजनिक गरेपछि सत्यतथ्यका बारेमा नगरपालिकासंग पाँच राजनितिक दलले जवाफ माग गरेका छन । मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कुमार कार्कीले स्थानीय रेडियो मन्त्रमा दिएको अन्तरवार्तामा नगरपालिका भित्र भ्रष्टाचार हुने गरेको बिषय उठाएकोमा अहिलेसम्म नगरपालिका त्यस बिषयमा मौन रहेको भन्दै तत्काल सत्य तथ्य नगरबासी समक्ष सार्वजनिक गर्न माग गरेका छन ।   नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीले आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्ताे माग राखेका हुन् ।

काँग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विशालकृष्ण वास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीका भिम कुवँर र नेकपा एकिकृत समाजवादी पार्टीका हरि तिम्सिनाले हस्ताक्षर गरी जारी गरेको ५ बुँदे विज्ञप्तीमा नगरले ठेक्का लगाएको नदिजन्य पदार्थ उत्खननमा मापदण्ड बिपरित गहिरो खनेर जमेको पानीमा डुबेर मेचीनगर ३ का शिक्षक धनराज भण्डारीको निधन भएको प्रति समेत नगरपालिका अहिलेसम्म मौन बसेको र त्यसको छानविन नगरको भन्दै छानविन गरी दोषीलाई कारबाहीको समेत माग गरेका छन् ।

नगरपालिकाले प्रभावकारी अनुगमन नगर्दा विद्यालयको सेफ्टी टेंकीमा परेर विद्यार्थीको मृत्यु भएको, नगरपालिका कार्यालय भित्रै सेवाग्राही र कर्मचारीमाथि हातपात भएको, नगरले बिगतमा थालनी गरेको गौरवका योजनाहरु ओझेलमा पारेको र विभिन्न समयमा राजनीतिक दलहरुले दिएको विज्ञप्ती तथा ध्यानाकर्षणहरुको बेवास्ता गरेर सुनुवाई नभएको भन्दै ति विषयहरुमा समेत सम्बोधन गर्न दलहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार