मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

राप्रपा आन्दोलनकाे व्यवस्थापकीय तयारीमा तीव्रता

देश प्रदेश डेस्क 5474+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन ९ गते मूल आन्दोलन समितिका अध्यक्ष राजेन्द्र लिङदेनको अगुवाईमा राजधानीमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने तयारी गरेको छ । सोही दिन देशभरीका सबै जिल्लामा जिल्ला अध्यक्षको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई मागपत्र दिइने छ ।

७७ जिल्लामा आन्दोलन सम्बन्धी प्रशिक्षणको तयारी गरिरहेको राप्रपाले आन्दोलनका विषयमा चाँडै प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।

फागुन ९ मा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउन लागेको राप्रपा त्यसपछिका आन्दोलनका लागि वैठक, रणनीतिक र व्यवस्थापकीय तयारीमा जुटेको छ । राप्रपाले आन्दोलनको तयारीलाई तीव्रता दिएको जनाएको छ । पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका अध्यक्ष धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बिहीबार बसेको आन्दोलन परिचालन समितिको वैठकले महामन्त्री कुन्ती शाहीलाई परिचालन समितिको सदस्य सचिवको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी सदस्यमा जनकराज पाठकलगायत रहेका छन् । 

वैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन अनुगमन समिति, निर्देशन समिति सदस्य जयन्त चन्दको संयोजकत्वमा वुद्धिजीवी समन्वय समिति, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा सुभेच्छुक संघसंस्था र संगठन समन्वय समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जनवर्गीय संगठन परिचालन समिति, बागमती प्रदेश प्रमुखको संयोजकत्वमा उपत्यका परिचालन समिति, प्रवक्ता गोपाल दाहालको संयोजकत्वमा सम्पर्क समाज परिचालन समिति, सहमहामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा सामाजिक सञ्जाल समिति, केन्द्रीय सदस्य राजाराम श्रेष्ठको संयोजकत्वमा गुठी समन्वय समिति, केन्द्रीय सदस्य आनन्द अधिकारीको संयोजकत्वमा प्रवास समन्वय समिति लगायतका विभिन्न समितिहरु गठन गरेको प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

यसैगरी युवा मोर्चाका अध्यक्ष कैलाश कट्वालको अध्यक्षतामा स्वयमसेवक परिचालन समिति गठन गरिएको छ ।

बैठकलाई तीव्रता 

बैठकलाई तीव्रता दिएको राप्रपाले पार्टीसम्बद्ध संगठन र जिल्लास्तरीय बैठकलाई तीव्रता दिएको छ । 

आन्दोलनकै तयारीको क्रममा पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको वैठकसमेत बिहीबार बसेको छ । संगठनकी अध्यक्ष अंजना शाह रावलको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका जिम्मेवारीहरु पूरा गर्ने सन्दर्भमा छलफल र निर्णय गरेको छ ।

काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा काठमाडौं जिल्लास्तरीय वैठक पनि आज शुक्रबार बस्दैछ । बैठकमा महामन्त्री तथा अन्दोलन परिचालन समितिका संयोजक राणाको समेत उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै