मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


झापा-३ का सांसद पाठकले प्रधानमन्त्रीसमक्ष उठाए जनताका आवाज

Desh Pradesh News 1+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

झापा / झापा क्षेत्र नं.- ३ का नवनिर्वाचित सांसद प्रकाश पाठकले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष झापा क्षेत्र नम्बर ३ का समग्र विकास र जनजीवनसँग जोडिएका विविध सवालहरू उठाएका छन्।

प्रधानमन्त्री बालेनले सोमबार कोशी प्रदेश र कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको राय लिने क्रममा उनले आफ्नो क्षेत्रमा देखिएका आधारभूत समस्या, पूर्वाधार अभावदेखि सेवा प्रवाहका कमजोरीसम्मका विषयलाई जोडदार रूपमा प्रस्तुत गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं.-३ क्षेत्रीय सभापति लक्ष्मण बस्नेतले जानकारी दिएका हुन्।

सांसद पाठकले सबैभन्दा पहिले सडक तथा पूर्वाधार विकासमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। झापा–३ भित्रका ग्रामीण सडकहरू स्तरोन्नति नहुँदा सर्वसाधारणले दैनिक आवतजावतमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै उनले तत्काल बजेट विनियोजन र कामको तीव्रता बढाउन माग गरेका छन्।

त्यस्तै, उनले खानेपानी र सिँचाइको समस्यालाई पनि प्रमुख एजेन्डाका रूपमा अघि सारे। धेरै स्थानमा अझै स्वच्छ खानेपानीको पहुँच नपुगेको र कृषिमा सिँचाइ अभावका कारण उत्पादन प्रभावित भइरहेको भन्दै दिगो समाधानको माग गरेका छन् । त्यसैगरी पाठकले वेमौसमी हावाहुरी तथा वर्षातका कारणबाट आम किसानहरुको खेती नस्ट हुनुका साथै धेरै जनाको हावाहुरीले घरको छाना उडाएको कारण विचल्लीमा परेकाले जतिसक्दो चाँडो उच्चित सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि उनले सरकारलाई स्पष्ट प्रश्न गरेका छन्। क्षेत्रका स्वास्थ्य संस्थाहरूमा जनशक्ति र उपकरणको अभाव रहेको तथा विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक सुधार ढिला भइरहेको उनको भनाइ छ।

यससँगै सांसद पाठकले बेरोजगारी र वैदेशिक पलायनको समस्या पनि उठाएका छन्। युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भइरहेको भन्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

उनले सरकारी सेवा प्रवाहको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै झापा–३ लगायत देशभरका सरकारी कार्यालयहरूमा डिजिटल प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। अनलाइन सेवा, सहज पहुँच र पारदर्शी प्रशासनमार्फत नागरिकले छिटो सेवा पाउनुपर्ने उनको धारणा थियो।

सांसद पाठकले विकासमा क्षेत्रीय असन्तुलनको विषय पनि उठाउँदै झापा–३ लाई आवश्यक प्राथमिकतामा राख्नु पर्ने धारणा राखेका छन् । उनले आफ्नो क्षेत्रका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न स्पष्ट रोडम्याप सार्वजनिक गर्न माग गरेका छन्।

 सांसद पाठकले झापा–३ का जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या र विकासका एजेन्डाहरूलाई प्रधानमन्त्री समक्ष राख्दै तत्काल समाधानतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

रमेश कोइराला भद्रपुर ७ १८ चैत्र २०८२, बुधवार

प्रकाश पाठ ज्यु, सदरमुकाम स्थित गिरिजा स्मृती भवन निर्माणाधीन अवस्थामा थियो, जुन भवनको सिलन्यास एमाले,काङ्रेस,माओबादी का शिसर्थ नेताहरु उपस्थित भएर गरेका थिए, पार्टिगत लडाइ र भागबण्डा को चपेटा मा परि आज आएर जुन भगनावशेस को अवस्थामा रहेको छ, यदी त्यो पुर्ण रुपमा निर्माण भएको खण्ड मा सिटी हल,कन्फ्रेन्स हल, मिनिमार्केट सन्चालन हुन सक्थ्यो,जसके सदरमुकामको रुप परिवर्तन भै ब्यापारिक दृस्ठिकोण बाट जनता, ब्यापारीहरुको जिबनस्तर माथी उठ्न मद्दत पुग्ने थियो, माननीय ज्यु, य्यो अधुरो योजना पूरा गर्ने तर्फ ध्यान जावोस ,

गायत्री प्र. कोईराला १६ चैत्र २०८२, सोमबार

सांसद जिम्मेवार बनेर आफ्ना कुरा राख्नुभएकोमा धन्यबाद निरन्तरता रहोस्

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै