मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापामा राष्ट्रिय भाक्का दिवस मनाइयाे

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२९ पौष २०८०, आइतबार

झापा झापामा राष्ट्रिय भाक्का दिवस  मनाइएको छ। जिल्लाका बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस मनाइएको हो।

राजवंशी विकास समितिले भद्रपुरमा प्रथम भाक्का दिवस विविध कार्यक्रम गरी मनाएको छ। भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशीले  गरेका थिए। चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिएको भाक्का सहभागीहरूलाई निःशुल्क खुवाइएको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए।

त्यसैगरी बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा विशेष कार्यक्रमको आयोजना गर्दै  दिवस सम्पन्न गरिएको छ । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको रुपमा स्थापित गर्ने उद्देश्यले राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा सातौँ राष्ट्रिय भाक्का दिवस मनाएको हो। 

बिर्तामोडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती नआएसँगै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले कार्यक्रमको उद्घाटन गरेका थिए। राष्ट्रिय भाक्का दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना पत्र पठाएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए। 

कार्यक्रममा १० हजारभन्दा धेरैको उपस्थिति रहेको र सबैलाई निःशुल्क भाक्का खुवाइएको उनले बताए। भारतबाट राजवंशी भाषा संस्कृतिका संरक्षक अनन्त रोयका साथमा हजारौँ भारतीय आगन्तुकहरूलाई निमन्त्रणा गरिएकोमा नेपालको प्रशासनिक प्रोटोकलका कारण उनीहरू एकैसाथ कार्यक्रममा आउन नसकेको उनको भनाइ छ। 

सो कार्यक्रममा भारतीय गायिका नीलाञ्जना राय लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो। त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह टिमको पनि कार्यक्रममा सहभागी थियो। सोही दिवसको अवसर रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मानपत्रले सम्मान गरिएको थियो। 

झापाका तीन वटा स्थानीय तह हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले दिवसको सन्दर्भ पारेर स्थानीय सार्वजनिक बिदा दिएपछि भाक्का दिवस नेपालीहरूको साझा कार्यक्रम बन्दै गएको समितिका सदस्य अर्जुन राजवंशीले बताए।

कार्यक्रममा राजवंशी समुदायको मौलिक भेषभुषा, कला संस्कृतिको पनि प्रदर्शन गरिएको उनले बताए। कार्यक्रममा भव्य बनाउने राष्ट्रिय कलाकार बलराम राजवंशी, कुसुम राजवंशी, सपना राजवंशी, उर्मिला राजवंशी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो।

कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले यो परिकारलाई हरेक वर्ष पुस २९ गते राष्ट्रिय  दिवसका रूपमा मनाउन सुरु गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार