मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

मोरङका एसपी खड्कामाथि छानबिन गर्न डीर्आइजीको नेतृत्वमा तीन सदस्यीय समिति

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

झापा तस्करसँग मिलेको आरोपमा सशस्त्र प्रहरी बलको मुख्यालय तानिएका मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन गर्न सशस्त्र प्रहरी बलको मुख्यालयले सीमा विभागका डीर्आइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ । जसको सदस्यमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । तस्करीमा संलग्न भएको शंका पाएपछि केही दिनअघि मात्रै खड्कालाई काठमाडौँ तानिएको थियो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानविन सुरु गरिएको जानकारी दिए । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइको छ ।

समितिले फिल्डमा पुगेर काम शुरू गरिसकेको हुदाँ तस्करीमा एसपीको संलग्नता छ–छैन भनेर वास्तविकता बुझ्दै गरेकाे उनले जनाए । समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्ने उनले बताए ।

२०८० फागुनको पहिलो साता खड्का मोरङको एसपी भएर आएका थिए । त्यसयता तस्कर समूहसँग मिलेर नेपाल–भारत सीमा क्षेत्रमा अवैध असुली गरेको उनीमाथि आरोप लागको छ ।

मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको हो। साथै, भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागिरहेको छ।

विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भएपनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालय, हलचोकमा उजुरी परेको थियो । सोही उजुरीपछि खड्का सशस्त्र प्रहरीको मुख्यालय (हेडक्वाटर) तानिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार