मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

भद्रपुरमा ११ लाख राशिको चन्द्रगढी महिला गोल्डकप बैशाखमा

Desh Pradesh News 1+ समाचार ( )
फायल तस्बिर
१५ चैत्र २०८२, आइतबार

झापा / झापाको भद्रपुरमा आगामी बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ।

नेपाली महिला फुटबल इतिहासमै सर्वाधिक पुरस्कार राशिसहित हुन लागेको यस प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ, जसले स्थानीय स्तरबाट खेलकुद प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिता बैशाख ५ गतेदेखि १४ गतेसम्म भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ, जुन महिला फुटबलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो राशि हो। यसबाहेक प्रत्येक खेलको प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जसमा नेपालका विभागीय टोलीहरू एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी फुटबल क्लबका साथै ए डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल क्लब र आयोजकको एक टोली रहनेछन्। यसका अतिरिक्त भारत र भुटानका एक–एक क्लबको सहभागिता सुनिश्चित भइसकेको छ भने बंगलादेश र जापानका क्लबहरूसँग पनि सहभागिताका लागि छलफल भइरहेको आयोजकले जनाएको छ।

नेपाली टोलीहरूका लागि विशेष नियमसमेत लागू गरिएको छ, जसअनुसार एक टोलीले बढीमा चारजना विदेशी खेलाडी दर्ता गर्न पाउनेछ भने खेलको क्रममा एकैपटक तीनजना विदेशी खेलाडी मात्र मैदानमा उतार्न पाइनेछ। प्रतियोगितालाई झापालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने, स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने र महिला खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभ्याउने दीर्घकालीन लक्ष्यसहित आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार