धेरैजसो आयोजनाहरूमा आयात हुने सामानमा १ प्रतिशत मात्र भन्सार महसुल लिई बाँकी सम्पूर्ण दस्तुर, शुल्क र कर छुट दिइएको छ भने केहीमा पूर्ण रूपमा कर छुट दिइएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यी वस्तुकाे कुल मूल्य ८ अर्ब २५ करोड हाराहरीमा हुन आउँछ ।
१.जयनगर–कुर्ता खण्ड रेल्वे मर्मत : रेल्वे ट्रयाक तथा सिग्नलिङ्ग सिस्टमको मर्मत सम्भारका लागि आयात हुने भारतीय रुपैयाँ १२ करोड ६ लाख ४९ हजार ८६५ मूल्य बराबरको मालवस्तुमा सम्पूर्ण भन्सार, दस्तुर, शुल्क तथा कर पूर्ण रुपमा छुट दिइएको छ ।
२.मुलपानी १३२ केभी सबस्टेसन निर्माण : निर्माण कार्यका लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ८२ हजार ५०४ दशमलव ६९ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
३. केरौन १३२–३३ के.भी. सबस्टेशन निर्माण : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १ लाख ८७ हजार २११ दशमलव ३० मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
४. मधेस प्रदेश ग्रामीण विद्युतीकरण (रौतहट, बारा, पर्सा) : वितरण प्रणाली सुदृढिकरण (लट–५) निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ६ लाख ७८ हजार ६९८ दशमलव ५९ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
५.मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन : निर्माणका लागि थप–कायम भएको अमेरिकी डलर ५ लाख ४८ हजार ५६९ दशमलव ५३ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
६. काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण : आयोजनाको लागि थप हुन आएको अमेरिकी डलर ३ लाख ६५ हजार ८८९ दशमलव ६१ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
७. डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर ३६ लाख ५० हजार ८९० दशमलव १३ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
८. भक्तपुर देखि थिमी सम्म १३२ के.भी. भूमिगत प्रसारण लाइन : निर्माण कार्यको लागि थप हुन आएको अमेरिकी डलर १८ हजार ४५१ दशमलव ८२ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
९. रातमाटे ४०० केभी सबस्टेसन निर्माण (एमसिए-नेपाल) : आयोजनामा खपत हुने अमेरिकी डलर ४ करोड २८ लाख ८१ हजार १२३ दशमलव २७ मूल्य बराबरको मालवस्तुको पैठारीमा सम्पूर्ण दस्तुर, शुल्क, महसुल वा कर पूर्ण रूपमा छुट दिइएको छ ।
१०.नेपाल विद्युत प्राधिकरणको ठेक्का आयोजनामा खपत हुने थप अमेरिकी डलर ५० हजार ८४५ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
११.ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनामा लागि थप हुन आएको अमेरिकी डलर ३९ लाख ६५ हजार २७० दशमलव ५६ मूल्य बराबरको मालवस्तुमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
१२. १३२ केभी प्रसारण कन्डक्टर स्तरोन्नति सम्बन्धमा विभिन्न प्रसारण लाइन स्तरोन्नतिका लागि थप हुन आउने अमेरिकी डलर ९ लाख ९८ हजार ३८९ दशमलव ०५ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।
१३. मधेस प्रदेश विद्युतीय प्रणाली सुधार अन्तर्गत सिराहा, सप्तरी र धनुषा वितरण केन्द्रमा विद्युतीय प्रणाली सुधार गर्न थप हुन आएको अमेरिकी डलर ६६ हजार ८५३ दशमलव ७४ मूल्य बराबरको सामग्रीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य सम्पूर्ण कर छुट दिइएको छ ।