मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापामा ४ लाख ५८ हजार ३६२ जनाले गरे मतदान

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

झापा झापामा ६४.२४ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले दिएकाे जानकारी अनुसार कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ४ लाख ५८ हजार ३६२ जनाले मतदानमा भाग लिएका हुन् । २ लाख ४२ हजार ५७५ महिला र २ लाख १५ हजार ७८५ जना पुरुषले मतदानमा सहभागिता जनाएका छन् । सबैभन्दा बढी क्षेत्र नं ५ मा १ लाख ६हजार३७२ जना मतदाताले मताधिकार प्रयोग गरेका छन् । त्यसपछि क्षेत्र नं २ मा ९६ हजार २५३ , क्षेत्र नं ३ मा ८८ हजार ४४९ , क्षेत्र नं १ मा ८३ हजार ८२२ र क्षेत्र नं ४ मा ८३हजार ४६६ जनाले मतदान गरेका छन् ।

झापामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो । त्यसबेला जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका थिए । २०७४ सालको अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। २०७९ मा मतदाताको संख्या बढेपनि अघिल्लो निर्वाचनभन्दा २ प्रतिशत कम मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार