मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

प्रहरी चेकजाँचमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको निधन

देश प्रदेश डेस्क 5475+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

 विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

घटना गएराति ८:२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो ।

प्रहरीले ट्रक रोकेपछि तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनामा गम्भिर घाइते भएका चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता हुन् ।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार