मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

प्रधानमन्त्री दाहालले आइतबार राजीनामा दिने

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

झापा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार राजीनामा दिने तयारी गरेका छन् ।

हिजो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री दाहालले आइतबार संसद बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् ।

‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अब प्रतिपक्षमा बस्न तयार छ, ’ उनले हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तो भनेका हुन् । बहुमत गुमाइसकेको र वैकल्पिक गठबन्धनको मार्गचित्र प्रस्ट भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले राजीनामा दिन लागेका हुन् । सरकारको मुख्य साझेदार एमाले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिइसकेको छ ।

दाहालले बैठकमा राजीनामा दिन लागेको भनेपनि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनामा नदिएर छिट्टै विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिएकी थिइन् । उनले विश्वासको मत लिन ३० दिन नकट्ने बताउदैँ छिट्टै विश्वासको मत लिने तयारी भएको बताइन् । यसभन्दा अघि भने नेकपा एमाले र कांग्रेसले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गरेपनि उनले आनाकानी गरिरहेका थिए ।

संसदबाट विश्वासको मत नपाउने निश्चित हुँदा समेत दाहालले पदमा बसिरहनु उचित नभएको भन्दै चौतर्फी दबाब बढेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले पदबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउने छन् । उक्त जानकारीपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

नयाँ सरकार गठनको आह्वान गरिएपछि कांग्रेस र नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्दै बहुमतको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्ने तयारी गरेका छन् ।कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्रीलगायतका विषयमा ७ बुँदे समझदारी भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार