मुख्य समाचार
बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान | १० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव |

बहुगुणी ओखर भिजाएर खानुहोस्, स्वास्थ्यमा अनेकौँ फाइदा

देश प्रदेश डेस्क 5217+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

झापा स्वस्थ्य फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ ।

ओखरमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस, कपर, सेलेनियम, ओमेगा–३ फ्याट्टी एसिड जस्ता पोषक तत्व पाइन्छन् । तर, ओखरलाई काँचै खानुभन्दा भिजाएर खाँदा त्यसको फाइदा कैयौँ गुणा बढ्छ । राति दुईवटा ओखरलाई भिजाएर राख्ने र बिहान खाली पेटमा खाने गर्दा बढी फाइदा हुन्छ ।

भिजाइएको ओखरले अनेकौँ रोगबाट मुक्त गराउँछ । ब्लड सुगर र मधुमेहबाट बच्नुछ भने भिजेको ओखरले फाइदा गर्छ । ओखरमा भरपूर फाइबर हुन्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । पेट सही राख्न र कब्जियतबाट बच्न फाइबरयुक्त खानेकुराहरू खान जरूरी छ । भिजेको ओखर त्यसका लागि सर्वाधिक उपयुक्त खाद्यपदार्थ हो ।

ओखरमा भएका पोषक तत्वले हाड र दाँत बलियो बनाउँछन् । यसमा भएको अल्फा लिनोलेनिक एसिडले हाडलाई बलियो बनाउँछ । त्यसबाहेक ओखरमा भएको ओमेगा–३ फ्याट्टी एसिडले सुन्निएको पनि ठिक गर्छ ।

ओखरले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ । उच्च रक्तचापको समस्या भएकाहरूलाई ओखर लाभदायक हुन्छ । यसले राम्रो कोलेस्ट्रोल निर्माणमा सहयोग गरेर मुटुलाई फाइदा दिन्छ ।

ओखर खाइरहने व्यक्तिले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगको खतरालाई घटाउन सक्छ । यसमा भएको पोलिफेनोल इलागिट्यानिन्सले क्यान्सरविरुद्ध सुरक्षा प्रदान गर्न मद्दत गर्छ ।

अनि ओखर खाँदा हर्मोनसँग जोडिएको क्यान्सरको खतरा पनि कम हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्टले शरीरमा क्यान्सर सेल बन्न पनि दिँदैन ।

इम्युनिटी बढाउन, तनाव र स्ट्रेस घटाउन, राम्रो निद्रा दिलाउन, तौल घटाउन, पुरुषको प्रजनन क्षमता बढाउन समेत ओखर लाभदायक हुन्छ । -एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै