मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

झापा हल्दीबारीकी मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १५ मा छनोट

देश प्रदेश डेस्क 5228+ समाचार ( )
७ कार्तिक २०८०, मङ्गलबार

झापा नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो ।

अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले छनोट भएका सबै प्रतिस्पर्धी एकसे एक भएकाे बताए ।

पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरुले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।

अडिसन चरणमा मेनुकाले ‘तुम्हारे बिना हमारे कोनो नही’को बोलको शाष्त्रीय भजन गाउँदै दर्शक र जजको मन जितेकी थिइन् । उनले यो प्रस्तुतिमा गोल्डेन माइक समेत जितिन् ।

झापा हल्दीबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार