मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्ने एमालेका पाठक पक्राउ

देश प्रदेश डेस्क 5228+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

झापा क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार केपी ओलीको चुनावी समाचार संकलन गर्न जाँदा पत्रकार अर्जुन आचार्यमाथि सांघातिक आक्रमण गर्ने मुख्य अभियुक्त ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् । घटना भएको १५ दिनपछि आज बिहान प्रहरीले पाठकलाई नियन्त्रणमा लिएको हो । शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ । फागुन १४ गते कमल गाउँपालिका वडा नं– ६ स्थित सार्वजनिक बाटोमा पत्रकारमाथि आचार्यमाथि उनले हमला गरेका थिए ।

अभद्र व्यवहार गरेको कसुरमा संलग्न झापा कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी गुरुप्रसाद तिम्सिनाले बताए ।

एमाले ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै