मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

झापा  / नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ ।                               टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोश्रो जिल्ला झापाको विर्तामोडको युनाइ टेड क्लबमा एक सय बढी खेलाडीमा सकिएको हो ।                                                               जिल्लाका बिभिन्न सहरबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन्।

झापाबाट उदयमान ५ जना खेलाडी छानिएका छन्  । छानिएका खेलाडी सहित अन्य ३  जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए  ।

यस अघि टिमले इलाममा पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो  । इलाम र झापा पछी कोशी प्रदेशको सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर (थारुहट रंगशाला गाईघाट) मा कात्तिक ३० गते ,मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर) मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् ।  कोशीको शान हाम्रो पहिचानू भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्किएको हो ।क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुन लागेको हो।

विराटनगर किंग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओ’ब्रायन रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार