मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |
मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |


सरूवाका लागि घुुस दिएका शिक्षकको रकम फिर्ता, मिडियामा गएको भन्दै दवाव

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा ताप्लेजुङबाट घर पायक झापा सरुवाका लागि घुस खुवाउने शिक्षक भवानी विष्टको रकम फिर्ता हुने भएको छ । उनले आफुलाई सरुवाका लागि ‘सेटिङ’ गर्न पैसा खुवाएका थिए ।

सरस्वती मावि सिरिजंगा –३ ताप्लेजुङमा कार्यरत नेपाली विषयका शिक्षक विष्टले झापा सरुवाका लागि ४ लाख  पैसा घुस खुवाएको विषय संचार माध्यममा सार्वजनिक भएपछि उनले रकम फिर्ता पाएको जानकारी दिएका छन् । ७५ हजार नगद मोवाइल बैंकिङ मार्फत र चेक मार्फत १ लाख ८० हजार रुपैयाँ फिर्ता भएको विष्टको भनाई छ । माओवादीका नेता भनिने एवम् पत्रकार महासंघ झापाका साधारण सदस्य समेत रहेका पुकार राजवंशीले मोवाइल बैंकिङ मार्फत ७५ हजार पठाएको विष्टले जानकारी दिए । उनका अनुसार चेक भदौं २१ गते साट्न मिल्ने उनको भनाई छ । विष्टले भीमा राजवंशीको प्रभु बैंकको चेकबाट मिना देवी पौडेलको नाममा चेक लिएको जानकारी दिए । उनका अनुसार उक्त चेक कपिलमणि तिमिल्सना मार्फत प्राप्त भएको छ । विष्टले चेक पुकार राजवंशीले पठाएको बताएका छन् । बाँकी ४५ हजार रकम खर्च भएको भनिएको छ ।

केहि रकम फिर्ता पाएपछि शिक्षक विष्टले प्रकाशित समाचारहरुबाट पर्न गएको असरप्रति आफैले दुख प्रकट गरेका छन् । उनले पैसा पाएपछि समाचारका कारण कसैको मानहानी भए क्षमा चहान्छु भन्दै आज एक विज्ञप्ति नै सार्वजनिक गरे ।

समाचार प्रकाशित भएपछि सरुवाको सेटिङ मिलाइदिने ग्याङले विष्टलाई तीब्र दवाव दिइरहेका छन् । विभिन्न फोन नम्बरबाट फोन गराएर उल्टै मुद्धा लगाइदिने लगायतका धाकधम्की समेत आइरहेको विष्टले भनेका छन् । असाध्यै धेरै दवाव दिने काम भइरहेको छ, उनले भने – दवाव कै कारण आवेगमा आएर बोलेको भन्नु परेको छ ।
झापा अर्जुनधारा घर भएका विष्टले सरुवा मिलाइदिन्छु भन्ने स्थानीय नेतालाई ४ लाख रुपैयाँ बुझाएको आरोप लगाएका थिए । घटना अनुसार शिक्षक विष्टलाई घरबाट आधा घण्टाको दूरीमा सरुवा गरिदिने भन्दै नेकपा माओवादी पार्टी निकट शिक्षक नेता कपिलमणि तिम्सिनाले विष्टलाई भद्रपुरका माओवादी नेता पुकारचन्द्र राजवंशीसँग सम्पर्क गराएपछि पैसाको चलखेल भएको थियो । राजवंशीले शिक्षक विष्टलाई सरुवा माग्नेहरुको लाइन धेरै भएको बताएपछि उनले गत वैशाख १२ र १३ गते ३ लाख जम्मा गरेका थिए ।

पुकार राजवंशीको प्रस्तावलाई स्वीकार गर्दै विष्टले एनआइसी एसिया बैङ्कमा रहेको राजिन राजवंशीको २४६५७…………..००१ नम्बरको खातामा मोबाइल बैङ्किङमार्फत् रकम जम्मा गरिदिएका थिए ।

सोही प्रकरणमा काम नभएपछि गीता भट्टराईलाई दिएको १ लाख रुपैयाँ चामु नेपालले घरमै पुगेर फिर्ता गरेका थिए । यता, राजवंशीलाई जम्मा गरेको ३ लाख रुपैयाँ फिर्ता नगरेपछि निवेदन लिएर जिल्ला प्रशासन कार्यालय गएको बताए ।
शिक्षक सरुवामा हुने चलखेलबारे विष्टको घटनाले झापामा तरंगित बनाएको छ । शिक्षक सरुवामा राजनीतिक दलका नेता र शिक्षक संघ संगठनका नेताहरुको संलग्नता भत्सर्ना योग्य रहेको अधिकांश शिक्षकहरुको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार