मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मिस नेपाल २०२५ को आवेदन खुला

देश प्रदेश डेस्क 5486+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

झापा / मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ ।

मंगलबार ललितपुरमा आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको जनाएकाे हाे  ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिने म्याद असार २६ गतेसम्म रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने र उमेर १८ देखि २७ वर्षको बीचमा हुनपर्ने भनिएको छ ।

सहभागी हुन नेपाली नागरिकता अनिवार्य गरिएको छ । प्रतियोगिताबाट मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी चार विधामा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

मिस नेपाल २०२५ को अन्तिम अडिशन असार २८ गते काठमाडौंमा हुनेछ । मिस नेपाल २०२५ को फिनाले आगामी भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज कन्भेन्शन सेन्टरमा हुने तय गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार