मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भारतीय सयपत्री फूलको माला आयातमा रोक

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले आज (बुधबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

पुष्प विकास केन्द्र गोदावरीले कात्तिक १ गतेदेखि नै लागू हुने गरी सयपत्री मालाको आयातमा रोक लगाएको हो ।‘‘यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा यही कात्तिक १ गतेदेखि अर्को निणर्य नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’’ पुष्प विकास केन्द्र गोदावरीद्वारा जारी सूचनामा उल्लेख छ ।यसैगरी, इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने केन्द्रले जनाएको छ ।‘‘इजाजतपत्र बेगर आयात गरिएको बस्तु अवैध हुने तथा यस वर्ष सरकारी तथा नीजि संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानुन बमोजिम जफत तथा दण्ड सजाय हुन सक्ने छ ।’’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार