मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झुटो मुद्दा हाल्नेबाट पीडितलाई क्षतिपूर्ति

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

झापा   झुठा मुद्दा लगाउने वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति उपलब्ध गराउने भनी झापा जिल्ला अदालतले फैसला गरेको छ ।

अनुचित समृद्धीको मुद्दामा वादी विन्द्र राजवंशीले प्रतिवादी बन्दना भारद्वाज उपर झुठा मुद्दा दर्ता गरेको भन्दै रू ७५ हजार क्षतिपूर्ति भराउन अदालतले फैसला सुनाएको जिल्ला अदालतका सुपरिवेक्षक शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए।

वादीले झुठ्ठा मुद्दा दिएको ठहर गर्दै सोमबार जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको इजलासबाट वादी विन्द्र राजवंशीले प्रतिवादी बन्दना भारद्वाजलाई उक्त रकम क्षतिपूर्ति भराई दिने भनी फैसला सुनाएका थिए ।

‘कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पुर्याउने नियतले झुट्ठा उजुरी दिएको ठहर भएमा सम्बन्धित अदालतले त्यस्तो झुठ्ठा उजुरी दिने उजूरी कर्ताबाट प्रतिवादीलाई मनासिव क्षतिपूर्ति भराई दिनेछ’ भन्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २८ मा कानूनी व्यवस्था छ ।

प्रतिवादीले प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर, कानून व्यवसायीको खर्च समावेश हुने गरी सो आधारमा क्षतिपूर्ति निर्धारण हुने कानूनी ब्यबस्था रहेको शाखा अधिकृत बस्नेतले बताए ।

यस्तो छ घटना
बन्दना भारद्वाजले झापा जिल्ला अदालतमा आफूले विन्द्र राजबंशीलाई रू तीन लाख नगद र रू ४५ लाख चेक मार्फत गरी रू ४८ लाख दिएको र सो रकम नदिई सो वापतको चेक गत २०७९ पुस ३० को चेक दिएको र सो चेक नसाटिए पछि चेक अनादरमा विन्द्र राजवंशी उपर चेक अनादर मुद्दा दायर गरेकी थिइन ।

सो चेक अनादर मुद्दामा बन्दनाको दाबी पुग्ने ठहर गर्दै झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेलको इजलासले गत २०८० माघ १५ मा फैसला गरेको थियो ।

विन्द्र राजवंशीले झापा जिल्ला अदालतमा फिरादीलाई नोक्सान पुर्याउने गरी चेक काट्न लगाएको भनेर २०८० असोज ११ मा बन्दना भारद्वाज उपर उजुरी दर्ता गराएकी थिइन्। अनुचित समृद्धीको मुद्दामा वादी विन्द्र राजवंशीले झुठ्ठा मुद्दा दर्ता गरेकाले पीडित बन्दनालाई राजवंशीबाट क्षतिपूर्ति भराउन अदालतले फैसला सुनाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार