मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ | आज संविधान दिवस मनाइँदै | एन्फा पदाधिकारी सीआईबीको छानबिनमा | भारतको दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ | बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद |

आज विश्व दुध दिवस : किसानले ४ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी

देश प्रदेश डेस्क 5466+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा ।  ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आज विश्व दुध दिवस मनाइँदै छ ।

याे दिवस मनाइँदै गर्दा नेपालमा भने लामो समयदेखि नेपाली किसानले दुधको रकम भुक्तानी पाउन सकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे आकडा अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८-०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७-२०७८ मा २४ लाख ७९ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७६-०७७ मा २३ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन भएको थियो ।

यसका बाबजुद वार्षिक रुपमा २ अर्बभन्दा बढी रुपैयाँको दुध आयात हुँदै आएको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार