मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

बंगलादेशकाे आन्दोलनका कारण काँकडभिट्टामा राेकिए कन्टेनर

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

झापा बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका हुन् ।

बंगलादेशबाट भन्सार छुटेका ५ वटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको जानकारी उनले दिए ।

उनका अनुसार नेपालबाट ११ वटा ट्यांकरमा लोड भएको उखुको खुदो (मोलासिस) निर्यात हुन रोकिएको छ । ‘नेपालबाट बंगलादेशमा धेरै निर्यात हुनेमध्येमा मोलासिस पर्छ, हप्तामा २–३ लट १०–११ वटा ट्यांकर जाने गर्छ, तर यो पटक रोकियो,’ उनले भने ।पाण्डेका अनुसार नेपालबाट बंगलादेशमा काँकडभिट्टा नाका हुँदै मुसुरोको दाल, चिराइतो, चुत्रो, डाबर च्यावनप्रास लगायत पनि निर्यात हुने गरेको छ । तर, ती सामान यहाँबाट नछुटेका कारण रोकिनु नपरेको उनले बताए ।त्यस्तै, बंगलादेशबाट आउनुपर्ने थुप्रै सामग्रीहरू उद्योगमै रोकिएको पाण्डेले बताएका छन् । ‘भन्सार नै छुटेका ५ वटा टिस्यु पेपर लोड भएका कन्टेनरहरू बंगलाबन्ध नाकामा आएर रोकिएका छन् । नेपालले आयात गर्ने अन्य वस्तुहरू उद्योगमै लोड भएर बसेका छन् भने केही गोदामै छन् भन्ने जानकारी आएको छ । भन्सार छुटेका ५ वटा कन्टेनर मात्रै आउन बाँकी छ,’ उनले भने ।

पाण्डेका अनुसार काँकडभिट्टा नाका हुँदै नेपालमा बंगलादेशबाट जुट, टिस्यु पेपर, मेडिसिन, धागो धेरै आयात हुने गरेको छ ।

नेपालले बंगलादेश निर्यात गर्दा नेपाली गाडीहरू बंगलाबन्ध–फूलबारी नाकामा पुगेर बंगालदेशको गाडीमा अनलोड गर्छन् भने त्यहीँबाट नेपाल आयात हुने सामग्रीहरू पनि लोड गरेर नेपाली गाडीले ल्याउने गर्छन् ।

काँकडभिट्टाबाट नेपालले साउनयता मात्रै २० करोड ६५ लाख रुपैयाँको आयात गरिसकेको छ भने १ करोड ३५ लाख रुपैयाँको निर्यात गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार