मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


बस्ती बसाउँने ज्ञानबहादुर विस्थापित

Desh Pradesh News 1+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

झापा ‘म मरे पनि मेरो देश बाँचिरहोस’ यो भनाइ हो तत्कालिन स्वर्गीय राजा महेन्द्रको  । यस्तै एकजना साधारण व्यक्तिको नामबाट नामाकरण भएको ज्ञाने चोक । म मरेपनि ज्ञाने चोक बाँचिरहोस भन्दै विस्थापित भएका व्यत्ति हुन्  ज्ञानबहादुर तामाङ् ।
झापाको दक्षिणी क्षेत्रमा रहेको एउटा परिचित चोक हो ‘ज्ञाने चोक’ साविक पृथीवीनगर ४ हाल भद्रपुर ३ मा परिचित यो चोकको नामाकरण वि.सं. २०३४ सालमा ज्ञानबहादुर तामाङ्को नामबाट राखियो । चन्द्रगढीबाट करिव ८ किलोमीटर दक्षिण चारआली – केचना मुख्य सडकमा यो स्थान पर्छ । जसको नामबाट चोक परिचित भयो उही व्यक्ति १८ वर्षयताबाट गुमनाम मात्र हैन भूमीबिहीन बन्दै विस्थापित नै हुन पुगे । नामसहितको चोकलाई संरक्षण त गरियो तर, व्यत्ति त्यहाँबाट विस्थापित हुदै गर्दा  न स्थानीय सरकारले न छिमेकीले कसैले संरक्षण गर्न सकेनन । आफनी जीवनसङगिनी धनमायालाइ लिएर उनी सदाका लागि ज्ञाने चाेक छाडे ।

विस्थापित भएको १८ वर्षपछि भद्रपुर ५ का भिमा सिंङ राजपुत उनको अभिभावक बन्न पुगे ।  अभिभावक बनाउनलाई मुख्य भूमिका भद्रपुर निवासी अभियान्ता सञ्जय भूईमाली र उनका जीवनसंगिनी भावना क्षेत्रीले काँध थापे ।  
वि.सं. २००७ सालमा सङ्खुवासभामा जन्मिएका तामाङ् बसाईसराइको क्रममा वि.सं.२०१३ सालमा बुबाआमाको साथमा झापा वाहुनडाँगी आए । त्यसपछि वि.सं. २०२२ सालमा पुर्नवास कम्पनी मार्फत साविक पृथीवीनगर गाउँपञ्चायत त्रिवेणी चोक हाल भद्रपुर ३ स्थित ज्ञानेचोक भएको स्थानमा डेढ विगाह जमीन पाए । सो क्षेत्रमा कोही मान्छे नभएपछि तामाङले केही व्यक्तिहरुलाई  बसोवास गराए । उनी समाजसेवी मात्र भएनन उनकै नामबाट त्यहाँका स्थानीयले वि.सं. २०३४ सालमा ‘ज्ञाने चोक’ नामाकरण गरे । साधारण लेखपढ गरेका तामाङ् सो स्थानमा विभिन्न सामाजिक कार्यमा सकृय भए । उनीसँग रहेको केही जमीन जिविकोपार्जनका लागि बिक्री गरे भने उनले बसोवास गराएका व्यक्तिले मुद्दा लडेर ३ कठ्ठा जमीन लगे । दुइ श्रीमती र ४ छोरीका अभिभावक तामाङ्ले १२ वर्ष काठमाडौँसम्म रात्रीकालिन तथा छोटो दूरीका गाडी चालक ,सहचालक भएर काम गरे । रात्रीकालिन गाडी चलाउने क्रममा काठमाडौँबाट फर्किदै गर्दा ब्रेकफेल भएर यात्रु जोगाउने क्रममा भित्तामा गाडी ठोकिँदा दुइवटा करङ भाचिएपछि गाडी चलाउन छाडेको उनले स्मरण गराए ।
कम्पनीले दिएको जग्गा विविध कारणले सकिएपछि ज्ञानेचोकबाट कान्छी श्रीमती धनमायाको साथमा विस्थापित भइ सुकुम्बासी बनेको उनले गहभरी आँसु पार्दै सुनाए । मैले नै राखेका व्यक्तिले सुकुम्बासी वनाएपछि झापाचोक स्थित गुप्ताको जग्गामा रुखै रुखले छेकेको स्थानमा टिनले बारेर कसैले नदेख्ने गरी अस्थायी टहरामा जीवन विताउँदै आएको उनले बताए । जेठी श्रीमती वाहुनडाँगीमा नै रहेको उनको भनाइ छ । छोरीहरुको विवाह दान भइसकेको उनले बताए । नेपाल सरकारले दिदै आइरहेको बृद्ध भत्ताबाट छाक टार्दै आइरहेको उनले सुनाए ।
केही महिना अघि भद्रपुर ४ का दीपक राईबाट एकजना बृद्ध जोडीको दयनिय अवस्थामा जीवन विताइरहेको जानकारी भद्रपुरका सामाजिक अभियन्ता भूईमाली र उनका जीवनसङ्गीनी क्षेत्रीले थाहापाएपछि तामाङ्को इतिहास सार्वजनिक भएको हो । तामाङ् जोडीको दयनिय अवस्था सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विभिन्न क्षेत्रबाट राहत सामग्री सहयोग आएको अभियन्ता भूईमाली बताउँछन् । घरवारबिहीन बनेका तामाङ् बस्दै आइरहेको स्थानमा डुबान भइ विस्थापित बनेपछि घरबसाउन विभिन्न क्षेत्रमा उनले पहल गरेको सुनाए । केहीमहिना अघि भद्रपुर ५ का भिमा सिंङ राजपुतले स्वर्गीय बुबा लक्ष्मीसिं राजपुतको नाममा सामाजिक सञ्जाल मार्फत  ५ धुर जग्गा दान गर्ने सार्वजनिक गरेपछि राजपुतसँग सम्पर्क गरेको उनले सुनाए । तामाङ्को विषयमा जानकारी गराएपछि भिमाको सहमति पश्चात् घर निर्माणमा सहयोग जुटाउन शुरु गरिएको उनले बताए ।
यता जग्गाधनी भिमाले बुबाले ४० वर्षयताबाट भोग चलन गर्दै आइरहेको भद्रपुरको ऐलानी जमीन दान गरेको बताए । तामाङ्सहित ४ जनालाइ प्रति परिवार ५ धुरका दरले सहयोग गरेको उनले बताए ।
मेची नदी किनारमा रहेको ऐलानी जग्गामा भूमीहीनलाई बसाउदै आइरहेको वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले बताए । वर्षायाममा यो क्षेत्र डुवान हुदै आइरहेकोमा हाल तटबन्ध गरेपछि सुरक्षित वस्ती भएको उनले बताए । तामाङ् जोडीलाइ वसाउन वडा तथा व्यक्तिगत सहयोग जारी रहेको उनले जनाए ।
जग्गा दान दिएपछि अभियन्ता जोडीले वुधबार विहान एक कार्यक्रमको आयोजना गरी घर शिलान्यास गरिएको छ । प्रदेश साँसद भूमीप्रसाद राजवंशीले घर शिलान्यास गर्दै सहयोग गर्ने आश्वासन दिए । आफ्नै निर्वाचन क्षेत्रमा यस्ता व्यक्तिलाई सहयोग गर्न पछि नपर्ने उनले बताए ।
दुईकोठे आवास निर्माणका लागि सगरमाथा फाउण्डेसनका अध्यक्ष विकाश लिम्बूले नदीजन्य सामग्री सहयोग गर्ने वचन दिएका छन् । करिव ४ लाख रुपैयाँ खर्च हुनेमा सहयोगी दाताबाट हालसम्म डेढलाख रुपैयाँ सहयोग सङ्कलन भएको अभियानकर्ता भावनाले बताइन् ।  सामाजिक सञ्जालबाट सहयोग मागिरहेको उनले बताइन् । यो भन्दा अघि पनि भद्रपुर ९ का शारिरीक अपाङ्गता भएका एक परिवारलाई घर निर्माण गरी भद्रपुर नगरपालिका मार्फत जिम्मा लगाइएको उनले बताइन् ।
घरबिहीन बनेको अवस्थामा स्थायी रुपमा बस्न प्रबन्ध मिलेकोमा हर्षका आँसु झार्दै ७३ वर्षीय बृद्धा तामाङले बताए । सवैलाई माता पाथिभराले कल्याण गरुन् भन्दै भक्कानिएका थिए । ‘म मरे पनि ज्ञाने चोक कहिल्यै नमरोस’ उनले भने ।
अभियन्ता भूईमालीको अध्यक्षतामा भएको कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्का बरिष्ठ उपाध्यक्ष खडक लिम्बू, यूवा नागरिक समाज झापाका अध्यक्ष प्रेम खनाल, सगरमाथा फाउण्डेसनका अध्यक्ष विकाश लिम्बू, वडा नम्बर ५ का वाडसदस्य जेष्ठमल ठाकुर लगायतले तामाङ् जोडीको आवास निर्माणमा सवैक्षेत्र लाग्नु पर्नेमा जोड दिएका थिए । भावना क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कला राइले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार