मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

देश प्रदेश डेस्क 5303+ समाचार ( )
साङ्केतिक तस्विर
२८ भाद्र २०८०, बिहीबार

झापा अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।

“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए”, उनले भने, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै