मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

भद्रपुरमा स्थानीय संस्थाहरूसँग सहकार्य गर्ने सशस्त्र प्रहरीकाे प्रतिबद्धता

देश प्रदेश डेस्क 5351+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

 झापा सशस्त्र प्रहरी बल भद्रपुरले  स्थानीय सरोकारवाला संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । लागुऔषधको प्रयोगले स्वास्थ्य, परिवार, समाज र कानुनी पक्षमा पार्ने नकारात्मक असर लगायतका बारे जानकारीलाइ निरन्तरता राख्दै समाज सुधारका लागि डटेर लाग्ने प्रतिबद्धता  जनाएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपालले शनिबार मात्र झापा भद्रपुर २ स्थित विशाल सामुदायिक वन क्षेत्रमा लागुऔषध विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सशस्त्र प्रहरीको नेतृत्वमा सामुदायिक बाँध निर्माण तथा सरसफाइ कार्यमा श्रमदानसमेत गरिएको थियाे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डिएसपी  चिरञ्जिवी प्रसाईको नेतृत्वमा ५ जना र  बिओपी पृथ्वीनगरबाट प्रहरी निरीक्षक समराज खड्काको नेतृत्वमा थप ५ जनाको संयुक्त टोली सहभागी भएका थिए । टोलीले सामुदायिक स्तरमा फैलिँदो लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरिएको डिएसपी प्रसाईले बताए ।
सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले सहभागीहरूलाई लागुऔषधको प्रयोगले स्वास्थ्य, परिवार, समाज र कानुनी पक्षमा पार्ने नकारात्मक असरबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयस्तरदेखि नै शिक्षामार्फत सचेतना फैलाउनु जरुरी रहेको र समुदायले सुरक्षा निकायसँग सहकार्य गरी लागुऔषध तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विशाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सञ्चाहाङ लिम्बुको संयोजनमा करिब डेढसय जना स्थानीयवासीहरू सहभागी थिए ।
सशस्त्र प्रहरीको टोलीले जनचेतनामूलक सन्देश बाहेक बाँध निर्माण कार्यमा समेत प्रत्यक्ष श्रमदान गर्दै समुदायसँग काँधमा काँध मिलाउँदै आइरहेको उनले जनाए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार