मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

अपराधको थलो चारआली जंगल

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

झापा पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ रहेको झापाको चारआली जंगल अपराधको केन्द्र बनेको छ ।

आत्महत्या , हत्या , लागूऔषध दुर्व्यसन, लुटपाट ,यौन क्रियाकलापजस्ता अपराधका लागि सो जंगल सुरक्षित स्थान बनेको हो । केही वर्ष यताका घटनालाई हेर्ने हो भने चारआली जंगलमा विभिन्न अपराधहरु घटेका छन् – खासगरी आत्महत्याका घटना । गत वर्ष २०७९ सालमा मात्र त्यस जंगलमा तीनजनाले आत्महत्या गरेका छन् भने एकजनाको हत्या भएको छ ।

घटना नं १
गत साउन ११ गते ताप्लेजुङका एक युवा चारआली जंगलमा झुन्डिएको अवस्थामा फेला परे । ताप्लेजुङको पाथीभरा याङवरक ३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
बर्नेबाट सामान लैजान बिर्तामोड आएका पौडेल साउन १० गते दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । राति ९ बजे चारआली जंगलमा उनी मृत भेटिए ।

घटना नं २
गत असोज ९गते मेचीनगर नगरपालिका–१२ स्थित कालिझोडानजिकैको चारआली जंगलमा बिर्तामोड नगरपालिका– ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल मृत अवस्थामा फेला परे । नेकपा (एमाले)का जिल्ला सल्लाहकार पोखरेलले विषसेवन गरी आत्महत्या गरेको खुल्यो । शवनजिकै विषको बट्टा भेटिएको थियो ।

घटना नं ३
गत पुष ४ गते झापाको मेचीनगरस्थित चारआली जंगलमा अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जुको शव भेटियो । पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको थियो । घटनास्थलमा हतियार भेटिएकाले नेत्रकुमारले श्रीमतीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले बतायो ।

घटना नं ४
२०७७ चैत २२ गते गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परे । मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित बेपत्ता भएका निरौलाको शव पूर्व–पश्चिम राजमार्गछेउ चारआली जंगलमा फेला परेको थियो । हत्याको आशंकाका बीच उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

चारआली जंगलमा भएका यी केही उल्लेखनीय घटनाहरु हन् । त्यसबाहेक अन्य घटना पनि छन् ।चारआली जंगल अपराधको थलो बन्दै गएकोमा जिल्लावासीहरुले पटकपटक प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । बिर्तामोड , मेचीनगर र भद्रपुर नगरपालिकालाई छोएको चारआली जंगलमा प्रगति , हातेमालो , हरियाली ,सुन्दरनिचाझोडा र चन्द्रगढीगरी पाँच वटा सामुदायिक वन पर्दछन् । पूर्व–पश्चिम राजमार्ग र चारआली–चन्द्रगढी सडकको छेउमा धेरै आपराधिक घटना हुने गरेको पाइएको छ । चारआली जंगलमै सेनाको व्यारेक , पूर्वपट्टि चारआली प्रहरी चौकी र पश्चिमपट्टि बुट्टावारी प्रहरी चौकी हुँदाहुँदै व्यस्त सडकको छेउमै अपराध हुनुले सुरक्षा चुनौति देखिएको छ । प्रहरीले डिउटी गरिरहेकै अबस्थामा यस्ता घटना हुने गरेको पाइएको झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए । उनले सामुदायिक वनहरुले जंगल प्रवेशमा रोक लगाउँदा आत्महत्याजस्ता घटना न्यूनीकरण हुने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै