मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

स्वर्गद्वारी सहकारीको अध्यक्षमा पुनः गोपालबहादुर थापा

देश प्रदेश डेस्क 5229+ समाचार ( )
२८ पौष २०८०, शनिबार

झापा  स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को दशौं साधारणसभाले पुनः गोपालबहादुर थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सुरेन्द्र खत्री, सचिव गुणबहादुर अधिकारी, सहसचिव भिष्म भट्टराई र कोषाध्यक्षमा त्रिलोक भण्डारी सर्वसम्मत चयन भएका हुन् ।
समितिको सदस्यहरूमा रूद्रप्रसाद दाहाल, पदममाया खड्का, सिता कार्की, निर्मला खत्री, मुरारी पोखरेल र दधिराम मैनाली रहेका छन्

 हरिप्रसाद गौतमको संयोजकत्वमा तेजबहादुर श्रेष्ठ र छविलाल सुवेदी सदस्य रहेको लेखा समितिसमेत गठन गरिएको छ ।

 थापाको अध्यक्षता तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको प्रमुख आतिथ्यमा सम्पन्न सभामा उत्कृष्ट बचतकर्ता सम्मानबाट दुर्गादेवी दाहाल, दिलकुमार राई र प्रदीप राजवंशी सम्मानित भए भने उत्कृष्ट ऋण कारोवार सम्मानबाट विष्णुमाया कार्की र कल्पना राईलाई सम्मान गरिएको थियो ।

सुरेन्द्र खत्रीले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, अग्रज पत्रकार गोपाल गिरी र प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्दै सहकारी सञ्चालनमा चुनौति थपिएकाले सजग भएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन रूद्रप्रसाद दाहालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार