सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार

देश प्रदेश डेस्क 5156+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

झापा / सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा दर्ता रहेको मुद्दा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ । अनुसन्धानका क्रममा अभद्र मुद्दा अंगभंगमा परिणत भएको हो ।

मेयर यादवले चैत २३ गते बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट उनको छातीको करङ भाँचिएको छ ।

यस घटनामा चैत २५ मा जिल्ला प्रहरी कार्यालय, सिरहाले नगर प्रमुख यादवसँगै कुटपिटमा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तरमाथि पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा  दर्ता गरी पक्राउ पुर्जी लिएको थियो ।

घटनालगत्तै कुटपिटमा संलग्न कर्मचारी मेस्तर पक्राउ परिसकेको भए पनि नगर प्रमुख यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रमुख यादव फरार रहँदै आएको र उनको खोजीकार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।

'हाम्रोमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएसँगै उहाँको खोजी गरिरहेका छौं, फेला पर्नुभएको छैन, लुकिछिपी बस्दै आउनुभएको छ,' डीएसपी पालले भने, 'हामी अझै खोजीमै छौं, उहाँ पक्राउ पर्नुहुन्छ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार