मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गर्‍यो हमासले

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

प्यालेस्टिनी अतिवादी समूह  हमासले विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गरेको छ।

सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो।

इसराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इसराइलले समाचारमा लेखेको छ।

बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो।

सोमबार नै आइडिएफले आफूहरूसँग भिडिओ संवाद गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका थिए।साँझ हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने बताएको थियो।

‍आइडिएफले प्राप्त गरेको चारै जनाको शवको फरेन्सिक परीक्षण हुनेछ।

फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको पनि टाइम्स अफ इसराइलले जनाएको छ। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।  

चार जनाको शव हस्तान्तरण गरे पनि अजै २४ जना मृत बन्धकको शव हस्तान्तरण भएको छैन। ७२ घन्टाभित्र जीवित रहेकाहरू र मृतकको शव हमासले इसराइललाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

इसराइली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार मृतक बन्धकरूको शव समयमै हस्तान्तरण नगरे कठोर जबाफ दिने चेतावनी दिएका छन्।

हमासले आफ्नो सीमितताका कारण सबै शव फिर्ता गर्न नसकेको बताएको छ।

उसले कतिपय शवहरू इसराइली सेनाको उपस्थिती रहेको क्षेत्रमा भएको पनि दाबी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार