मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

जेनजी आन्दोलनपछि सभामुख घिमिरे आए झापा

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

झापा / जेनजी आन्दोलनपछि पहिलो पटक विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा आएका छन् ।

 २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नं २ बाट चुनाव जितेका घिमिरे करिव चार महिनापछि आफ्‌नो क्षेत्रमा आइपुग्दा निवर्तमान सांसद भइसकेका छन् ।यदि निर्धारित समयमै निर्वाचन हुन सकेको खण्डमा करिव ४ महिनापछि यस क्षेत्रका जनताले अर्को सांसद पाउने छन् ।

सभामुख तथा निवर्तमान सांसद घिमिरे यसअघि गत असार ३२ गते बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आएका थिए । करिव ५ करोडको लागतमा बनेको सुविधा सम्पन्न भवन उद्घाटन गरेका घिमिरे त्यही भवन क्षतिग्रस्त अबस्थामा हेर्न आइपुगेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बिर्तामोड नगरपालिकाको नवनिर्मित र पुरानो गरी दुईवटा भवनमा तोडफोड र आगजनी भएको थियो । सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बिर्तामोड नगरपालिकाको कार्यालय भवनको निरीक्षण गरेका हुन् । त्यस्तै उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त बिर्तामोडको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, एमाले जिल्ला पार्टी कार्यालय, यातायात व्यवस्था कार्यालय, माओवादीको जिल्ला पार्टी कार्यालय र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको निरीक्षण गरेका थिए ।

उनले हर्कलाल मार्ग, वडा नं ३ स्थित गोकुल मार्ग लगायतका विकास निर्माणको अवलोकन गरेका छन् । तीन दिने कार्यक्रमका लागि उनी गृहजिल्ला आएका हुन् । प्रतिनिधिसभा विघटन भइसकेर सांसद पद गइसकेको अवस्थामा सभामुख घिमिरे झापा आउँदा विगतको जस्तो आकर्षण नदेखिएको कार्यक्रमका एक सहभागीले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै