मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बेच्न ल्याएको काँचो केरामा विषादीको मात्रा उच्च

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा विक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट गरिने भएको छ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएकाे थियाे । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् ।

दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खन भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ । बिषादी देखिएको केरा खाडलमा पुरेर नष्ट गरिने र बाँकी केरा केही दिन राखेर पुनः चेकजाँचपछि मात्रै बजारमा बिक्री गर्ने वा नगर्ने भनेर निर्णय गरिने बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै