मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

यस वर्ष कक्षा १२ को नतिजामा गतवर्षभन्दा सुधार

देश प्रदेश डेस्क 5228+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

झापा यस वर्ष कक्षा १२ को नतिजामा गतवर्षभन्दा सुधार आएको पाइएकाे छ । 

नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको संख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ ।

परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५ सय २ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५५ हजार ८ सय ९६ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन् ।

यसैगरी ६९ हजार ८ सय १२ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २ दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए ल्याएका छन् ।

ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार