सरकारबाट समर्थन फिर्ता लिने एमालेको निर्णय

देश प्रदेश डेस्क 5156+ समाचार ( )
१९ आषाढ २०८१, बुधवार

झापा नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

 प्रधानमन्त्री प्रचण्डलाई आज भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

राजीनामा बुझाउनु अघि अहिले बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरिरहेका छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार