मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बस दुर्घटना हुँदा १ काे मृत्यु ५ घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

झापा /  कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा भएको बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा. प्र. ०१-००६ ख ८५०६ नम्बरको यात्रु बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

अन्दाजी ५०–५५ वर्षका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।

बसमा सवार पाँचजना यात्रु घाइते भएका छन् । उनीहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार