मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

पहिचानवादीको युवा दस्ता र सांस्कृतिक आन्दोलनप्रति प्रहरी प्रशासनको निगरानी

देश प्रदेश डेस्क 5354+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

झापा पहिचानवादीहरुले शुरु गरेको युवा दस्ता गठन र सांस्कृतिक आन्दोलनप्रति प्रहरी प्रशासनले निगरानी बढाएको छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले युवा दस्ता गठनलाई तीब्रता दिएको छ । यसक्रममा हिजो हल्दिबारीमा गाउँस्तरीय पहिचानको लागि युवा दस्ता गठन गरेको छ । संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा १०१ जनाको युवा दस्ता गठन भएको हो । १०१ जना जर्सीधारी युवाहरुलाई हातमा लाठी समाउन लगाएर सो दस्ता सार्वजनिक गरिएको छ । संघर्ष समितिका हल्दिबारी गाउँपालिका संयोजक बुद्ध माबुको अध्यक्षता रहेको कार्यक्रममा सेसेहाङ फियाक,केवलराम राई , सामी पालुङ्वालगायतको उपस्थिति रहेको थियो ।

संघर्ष समितिले भदौ ३० गते १५०१ जनाको युवा दस्ता बिर्तामोडमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचार विरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । उनले युवा दस्ता परिचालनका लागि आचार संहिता निर्माण गरिएको बताउँदै त्यसलाई नमान्नेलाई कानुनी कार्वाहीका लागि प्रहरीलाई जिम्मा दिने जानकारी दिए ।

शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकारलाई सम्मान गर्दै कोही कसैले आतंकित पार्ने खालको विध्वंशात्मक गतिविधि गर्न खोजे प्रहरी प्रशासन कार्वाहीमा उत्रिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले पहिचानवादीहरुको आन्दोलनलाई निगरानी गरिरहेको बताउँदै आन्दोलनका बारेमा केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । झापा प्रहरीले पहिचानवादीहरुको गतिविधिप्रति निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले हतियारसहित भेला हुने र प्रदर्शन गर्ने गतिविधिलाई रोक लगाइने बताए ।

करिव एक साताअघि कोशी प्रदेश नाम खारेजीको मागसहित बिर्तामोडमा घरेलु हतियार प्रदर्शन गर्दै पहिचानवादीहरुले सांस्कृतिक आन्दोलन गरेका थिए । केही दिनअघि भद्रपुरको रंगेडाँडामा गोरु काटेर खाएको भनी सार्वजनिक गरिएको भिडियोमा पनि सांस्कृतिक क्रान्ति गरेको भनिएको थियो । त्यस्ता गतिविधिप्रति आफूहरुको संलग्नता नरहेको संघर्ष समितिका संयोजक चौधरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार