मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

रवि लामिछानेले झापामा दुई दिनमा ८ वटा सभालाई सम्बोधन गर्ने

देश प्रदेश डेस्क 5473+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

झापा। राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झापामा दुई दिनमा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भदौ १ र २ गते झापाका पाँच वटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा हुने सभालाई रास्वपा सभापति लामिछाने सहित केन्द्रीय महामन्त्री मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोस परियार, सांसद निशा डाँगी लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारीले जानकारी दिनु भयो ।
धुलाबारीमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै भण्डारीले भन्नुभयो, ‘हामी संगठन बिस्तारलाई तिब्रता दिइरहेका छौं त्यही क्रममा केन्द्रीय सभापति सहितको टोली दुई दिन झापाका कार्यक्रममा सहभागि बन्दै हुनुहुन्छ ।’

झापाका १४ वटा पालिकामा कमिटि गठन भइसकेको र आजै गौरिगञ्ज गाउँपालिका स्तरिय कमिटि गठन भएकाले अब झापाका सबै पालिका स्तरिय कमिटि गठनको काम सम्पन्न भएको रास्वपा झापा जिल्ला संयोजक उमेश खरेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

पार्टीलाई रचनात्मक र आम जनसरोकारको बिषयमा केन्द्रीत भएर अगाडी बढाउने योजनामा रहेको र त्यसै अनुसार काम गरिरहेको रास्वपा मेचीनगरका अध्यक्ष कमल गौतमले बताउनु भयो । 

कार्यक्रम अनुसार भदौ १ गते बिहान ११ः३० बजे बिर्तामोडस्थीत सिटि सेन्टर, दिउसो २ः३० मा दमकको गोर्खा डिपामेन्र्ट अगाडी र अपरान्ह ५ बजे गौरादह बजारमा रवि लामिछाने सहितको केन्द्रीय नेतृत्वले खुल्ला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भदौ २ गते बिहान ९ः३० बजे मेचीनगरको इटाभट्टा, दिउँसो १२ः३० बजे बनियानी बजार, अपरान्ह २ः०० गोलधाप बजार, झापा बजारमा ३ः३० बजे र बेलुका ५ बजे शिवगञ्ज बजारमा हुने सभालाई केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार