मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

हल्दीबारीकाे भुतेनी खाेलामा डुबेर ८० वर्षीय वृद्धको मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

झापाको हल्दिवारी गाउँपालिका–५ चारघरे निवासी ८० वर्षीय भीमबहादुर बिष्टको पानीमा डुबेर मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १२:३० बजे घाँस काट्न गएका बिष्ट भुतेनी खोलाको डिलबाट लडेर डुबेका थिए। घाँस काटेर घर फर्किने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ।

दुर्घटनापछि मृतकका छोराले करिब १६:२० बजे बुबालाई खोलाबाट निकालेर किनारमा राखी घटना सम्बन्धमा प्रहरी चाैकी कञ्चनश्रीमा जानकारी गराएका थिए।

जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो।

शवलाई कानुनी प्रकृया पूरा गरेपछि साँझ १८:४० बजे पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार