मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

ठेकेदारलाई तुलसी पानी समाउन लगाई उपभोक्ताले खुवाए कसम

देश प्रदेश डेस्क 5303+ समाचार ( )
४ मंगशिर २०८०, सोमबार

झापा ठेक्का लिनको लागि हानाथाप गर्ने अनि ठेक्का पाइसकेपछि लापर्वाही गर्ने प्रवृति बढेपछि बिर्तामोड– ९ का उपभोक्ताहरुले बाटोको ठेकेदारलाई तुलसी पानी समाउन लगाई समयमै काम पूरा गर्ने संकल्प गर्न लगाएका छन् ।

सभामुख देवराज घिमिरेले शहीद चन्द्र मार्गको बाटोको शिलान्यास गर्दैगर्दा उपभोक्ताहरुले ठेकेदार कम्पनीका प्रतिनिधि दलवीर लिम्बूलाई तुलसी पानी समाउन लगाई कसम खुवाएका हुन् । सडक बोर्डले हल्दिवारीको सिमाना संझना चौकदेखि उत्तरपट्टी प्लमसहित ४५० मिटर कालोपत्रे बाटो निर्माण गर्नका लागि एक करोड बजेट छुट्याएको थियो । ठेक्का प्रक्रियामा जनकपुरको एसबीएम कन्स्ट्रक्सनले ४० प्रतिशत कम रेट(६० लाख)मा सो बाटो ठेक्कामा पारेको हो ।

यसरी ४० प्रतिशत कम रेटमा ठेक्का लिएका ठेकेदार कम्पनीका प्रतिनिधि लिम्बूलाई शिलान्यास कार्यक्रममा संकल्प गर्न लगाएका हुन् ।पण्डित तुलसी निरौलाले मन्त्रोच्चारण गरी लिम्बूलाई समयमै बाटो निर्माण गर्ने कसम खुवाएका थिए । कात्तिकमा संझौता गरेको कम्पनीको काम सक्ने अन्तिम म्याद आगामी जेठसम्म रहेको छ । ४५० मिटर लम्बाई र ७ मिटर चौडाई हुने सडकको दुवैपट्टी प्लम र प्लमभित्र एक–एक मिटर पैदलमार्ग रहने सडक डिभिजन दमकका डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए । उनले सडक बोर्डबाटै पुनः सो बाटोको लागि १ करोड १० लाख बजेट बिनियोजन भएको जानकारी दिए । त्यसबाट ८ सय मिटर बाटो बन्ने उनले बताए ।

शिलान्यास कार्यक्रममा संघीय सांसद अमृतलाल राजवंशी , प्रदेश सांसदहरु एकराज कार्की , छविलाल चुडाल, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई ,एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराईलगायत जनप्रतिनिधि , पार्टीका कार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै