मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग

भेषराज नेपाल 158+ समाचार ( )
१३ अशोज २०८३, मङ्गलबार

झापा / बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भगवान श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति भद्रपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

समितिले बाढीपहिरो पीडितका लागि ३१ हजार ५ रुपैयाँ सहयोग गरेको हो । समितिले उक्त रकम आज ग्लोबल आइएमई बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति हुनुका साथै प्रभावित नागरिकहरू कठिन परिस्थितिमा गुज्रिरहेका बेला मानवीय सेवाको भावनासहित आर्थिक सहयोग गरिएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष मुकेश मित्रुकाका अनुसार विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले समितिका तर्फबाट सहयोग रकम प्रदान गरिएको हो । विपद् प्रभावित नागरिकको पीडामा साथ दिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै उनले सहयोगले राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यमा समेत सक्रिय रहँदै आएको समितिले विपद्का बेला पीडितलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देश दिएको छ ।

कोषमा जम्मा भएको रकम विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस योगदानले समाजमा मानवीय सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास समितिले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार