हिजो साँझ ६.३० बजे कमल गाउँपालिका १ इट्टाभट्टास्थित भित्री सडकखण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री कमल १बस्ने बर्ष ७० का शंकरप्रसाद ढुङगानालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ढुंगानालाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा राति ११;४५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ३५ का लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।