मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कोशी प्रदेशको दुईवटा मन्त्रालयबाट उठ्यो १९ करोडभन्दा बढी बेरुजु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२७ चैत्र २०८१, बुधवार

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गरिरहेका भूपेन्द्र राईले १९ करोडभन्दा बढी बेरुजु उठाएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । बेरुजु असुललाई अभियानकै रुपमा सञ्चालन गर्दा १९ करोड १४ लाख रुपैयाँ बेरुजु उठेको हो ।

स्वास्थ्य मन्त्रालयबाट १३ करोड ८५ लाखभन्दा बढी बेरुजु नियमित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजु नियमित गर्नुपर्ने थियो । जसमा १३ करोड ८५ लाख २३ हजार बेरुजु नियमित भएको हो ।
उठाउनु पर्ने दुई करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल भएको हो । मन्त्रालयले अब एक करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको उठाउनु पर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम एक अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ छ । सोमध्ये ६ महिनाको अवधिमा २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार