मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

मोटरसाइकलको ठक्करबाट बिर्तामाेडका श्रेष्ठकाे मृत्यु

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२१ पौष २०८१, आइतबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा झापाको बिर्तामोड ८ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६.३० बजे बिर्तामोड ८ को सुकुमवासी टोल जाने भित्री सडकखण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड ८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रादेशिक अस्पताल भद्रपुरले घाइते श्रेष्ठको निमोनियाका कारण मृत्यु भएको रिपोर्ट दिएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले सही रिपोर्ट नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । चिकित्सकले पूर्णरुपमा जाँच नगरी सो रिपोर्ट दिएको हुनसक्ने भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलव्ध गराइने जानकारी दिए । श्रेष्ठको टाउकोमा चोट लागेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै