मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

झापामा लागुऔषधसहित तीन जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / नेपाल प्रहरीले झापाकाे गाैरीगञ्जबाट कार, माेटरसाईकल, माेवाइल, नगद र लागुऔधषसहित तीन जना नियन्त्रणमा लिएकाे प्ररीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार बुधबार साझकाे अन्दाजी ५ः३० बजेकाे समयमा झापाकाे   गौरीगञ्ज बजार वडा नं ३ मा  BR37AJ9952 नम्बरकाे भारतिय मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक भारतकाे किसनगञ्ज जिल्ला खनियाबा  ७ फुलबरिया  बस्ने वर्ष १९ को मोनाजिर आलमको साथबाट माेवाइल बरामद गरि चेक गर्दा मोबाईलमा भारतिय नम्वरबाट लागुऔषधको भिडियो पठाएको भेटिएकोले नियन्त्रणमा लिईएकाे थियाे ।

निज व्याक्तिलाई सोधपुछ गर्दा उक्त लागुऔषध भारतकाे किसनगञ्ज जिल्ला खननियाबाद ०५ फत्तेपुर बस्ने बर्ष ५८ को भोला ठाकुर संग रहेको भनि जानकारी गराएको हुँदा ठाकुरलाई खोजतालास गर्ने क्रममा झापा गौरीगञ्ज गाउँपालिका वडा नं. ०३ बाट प्रतिब्धित लागुऔषध व्राउन सुगर (प्लाष्टिक सहित  १०२.८१० ग्राम ) प्लाष्टिक बाहेक १००.०९० ग्राम ), Nitrazepam Tablets IP 10 mg  १० पत्ता (१०० ट्यावलेट) र Codeine phosphate and triprolidine hydrochloride syrup 100 ml skuf २ बोतल सहित बरामद गरिएकाे थियाे ।

साेधपुक्षका क्रममा ठाकुरले उक्त लागुऔषध खरिद गर्न आउने व्यक्ति झापा दमक नगरपालिका वडा न.०५ बस्ने संजय भन्ने भुपेन्द्र राई रहेकाे बताएपछि खाेजतलास गर्ने क्रममा राईलाई झापाकाे गौरीगञ्ज गाउँपालिका वडा न. ०३ मा ना १ च ९१६२ नं को कार भित्र बसिरहेकोले अवस्थामा फेला पारी निजले लागुऔषध खरिद गर्न बोकेको नेपाली नगद  दुई लाख त्रीचालिस हजार पाँच सय रुपियाँ र साथमा भएको आईफोन मोवाईल २ वटा, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने १ वटा डिजिटल तराजुसहित फेला पारी उक्त लागुऔषध, नगद, तराजु उक्त नम्वरको कार, मोटरसाईकल र मोवाईल समेत वरामद गरी तिनै जनालाई थप अनुसान्धकाे लागि इलाक प्रहरी कार्यालय गाैरीगञ्जमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकरी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार