मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

ओलीका पूर्वपीएसओकाे मापदण्ड मिचेर झापामा सरुवा

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

झापा झापामा सरूवा भएका एसपी राजन लिम्बुकाे नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड २०७९ विपरीत रहेकाे पाइएकाे छ ।मापदण्ड अनुसार जिल्लाहरूलाई ‘क’ देखि ‘ग’ वर्गसम्म छुट्याएर एसपीको इन्चार्ज दिने विषय उल्लेख गरिएको छ । ‘क’ वर्गको नेतृत्व सम्हालेका एसपीलाई ‘ख’, ‘ग’ वर्गको जिल्लामा सरुवा गरिने मापदण्डमा प्रष्ट उल्लेख छ । अर्कोतर्फ, ‘इन्चार्ज टु इन्चार्ज’ समेत सरुवा नगर्ने उल्लेख छ । प्रहरी प्रधान कार्यालयले १५ वैशाखमा ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा निकाल्यो ।

सरुवा सूचीको ५०औं नम्बरमा एसपी राजन लिम्बुको नाम छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख रहेका लिम्बुको त्यहाँबाट जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरियो । लिम्बुको ठाउँमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत गोविन्द पुरीलाई सरुवा गरिएको छ ।

लिम्बुको सरुवा भने मापदण्ड विपरीत छ । सरुवा तथा काजको भद्रगोल अवस्थालाई व्यवस्थापन गर्न भन्दै ‘नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड २०७९’ गृहमन्त्रीस्तरीय निर्णयबाट २१ साउन २०८० मा स्वीकृत गर्दै अहिले कार्यान्वयनमा छ ।

एसपी लिम्बुको हकमा भने यो मापदण्ड पूर्ण रूपमा उल्लंघन गरिएको छ । ‘क’ जिल्लाको इन्चार्जबाट उनी अर्को ‘क’ जिल्लाकै इन्चार्ज भएर मापदण्ड उल्लंघन गरेका छन् भने ‘इन्चार्ज टु इन्चार्ज’ भएर अर्को मापदण्ड उल्लंघन गरेका छन् ।

इन्चार्ज टु इन्चार्ज त्यो पनि ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्गकै जिल्लामा सरुवा हुने एसपी लिम्बु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपीएसओ हुन् । ओलीका पूर्वपीएसओ सरुवा मापदण्ड उल्लंघन गर्दै ओलीकै गृहजिल्ला झापा पुगेका छन् ।

लिम्बु बाहेक अन्य एसपीहरूको सरुवा मापदण्ड भने खासै उल्लंघन भएको देखिँदैन । तर आफ्नै ब्याचीहरूले तीन ठाउँमा इन्चार्ज भएर काम गर्दा एसपी अंगुर जीसीको अहिलेसम्म सरुवा हुन सकेको छैन ।

प्रचण्डको गृहजिल्ला जान कुनै समय हानाथाप र ठूलो पावर लगाउने प्रहरी अधिकृतहरू अहिले भने चितवनको कमान्ड सम्हाल्न छाडेर अन्यत्रै सरुवा जाने प्रवृत्ति देखिएको छ ।

उनी एसपीमा बढुवा भएपछि विगत १३ महिनादेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । उनीभन्दा पछिल्लो लटमा बढुवा भएकाहरूले समेत इन्चार्ज भएर जिल्ला चलाउँदा उनी भने अपराध अनुसन्धान कार्यालयमै कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार