मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

हात्ती पाइले राेग विरुद्धको औषधि खुवाउँन सुरू

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

झापा झापासँगै धनुषा, महोत्तरी, सर्लाही,रौतहट,रसुवा र कपिलवस्तुमा हात्तीपाइले मुक्त नभएपछि सो रोग विरुद्धको औषधि खुवाउँन सुरू गरिएकाे छ । वैशाख १६ बाट ३० गतेसम्म आमऔषधी सेवन अभियान सञ्चालन गरिने भएको हो ।  
यसैक्रममा झापामा १२ औँ पटक अभियान जारी राखेपनि मुक्त नभएपछि १३ औँ पटकलाइ अन्तिम मानेर अभियान सुरू गरिएकाे  छ । । स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ श्रेष्ठका अनुसार झापामा ७ सय ५०  स्वास्थ्यकर्मी र ६ सय ६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरी औषधि खुवाइने जानकारी दिए ।
 १२औँ पटक अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले यो बर्ष अन्तिम अभियान सञ्चालन भएकाे स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश वाह्रकोटीले जानकारी दिए । रोगका बारेमा कार्यपत्र प्रस्तुत् गर्दै उनले गत बर्ष ७५ प्रतिशत मानिसले औषधि खाएको उनले जनाए । अभियान सञ्चालनका लागि ९ करोड ३४ लाख रुपैयाँ बजेट आएको उनले जानकारी दिए । अभियान सफल नभएपछि गतबर्षबाट उचाईका आधारमा र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउन थालिएको उनको भनाइ छ । अभियान सञ्चालनसँगै विरामीको तथ्याङ्क समेत राखेर जिल्लामा रहेका रोगीहरुको सङ्ख्या लिइने उनले बताए । हाल जिल्लामा १ सय ४० जना अनुमानित रोगी देखिएपनि आधिकारिक तथ्याङ्क केही महिनापछि सार्वजनिक गरिने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार