मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

दुर्घटना अपडेट - टिपरकाे ठक्करबाट माेटरसाइकल सवार लिम्बु दम्पती गम्भिर घाइते

देश प्रदेश डेस्क 5363+ समाचार ( )
५ जेठ २०८२, आइतबार

झापा झापामा टिपरकाे ठक्करबाट माेटरसाइकल सवारमा रहेका दम्पती सख्त घाइते भएका छन् ।  झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ स्थित दुवागढी चौकमा टिपरको ठक्करबाट दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर –१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू ) सख्त घाइते भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

आज मध्यान्ह १२ बजे दुवागढी चौकस्थित मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स१क १८१ नम्वरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।  घाइतेहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

मनप्रसादको पिसाव थैलीमा चोट लागेको छ । त्यस्तै टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको छ । दुवैको अबस्था गम्भीर रहेको छ । तत्काल फरार रहेका टिपर चालक गौरीगञ्ज १ महाभारा बस्ने विजय सरदारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि चालकसहित मोटरसाइकल र टिपर इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार