मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

हात्तीको बङ्गारा, दाँत र पुच्छरसहित धुलाबारीका चापागाईँ पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा झापामा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित वन्यजन्तु हात्तीको अङ्गसहित उनलाई आज लामो समयको सुराकपश्चात् डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईँका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नङ्ग्रालगायतका शरीरका विभिन्न अङ्ग बरामद गरिएको छ ।
उनले भण्डारण गरेर राखेको कोठाबाट अङ्गहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए । चापागाईँले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अङ्ग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ ।

विदेश जाने प्रक्रियामा मेडिकल गर्दा छातीमा दाग देखिएका युवालाई दाग हटाउनका लागि मोटो रकम लिएर औषधिको रुपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका चापागाईँसहित उनका बुवा र बाजे जडीबुट्टीको काम गर्दै आएको प्रहरीले जनाएको छ । हात्तीका अङ्गलाई धुलो बनाएर अन्य औषधिमा मिसाएर उनले बेच्ने गरेको पाइएको छ ।

चापागाईँलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । झापामा वन्यजन्तुको अङ्गसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिलेसम्मकै ठुलो मानिएको  सुरक्षा निकायले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार