मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

येशू क्रिष्टको जन्मदिनको अवसरमा यरुशेलम विलिर्भस इस्टर्न चर्च भद्रपुरद्धारा विभिन्न कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१० पौष २०८२, बिहीबार

झापा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज नेपालका धर्मावलम्बीहरूले पनि ‘क्रिसमस डे’ मनाएका छन् । येशू क्रिष्टको जन्मदिनको अवसर पारेर भद्रपुरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । यरुशेलम विलिर्भस इस्टर्न चर्च भद्रपुरले बिहीबार आयोजना गरेको मेरी क्रिसमसमा विभिन्न साँस्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको होे ।
चर्चका फादर जगत वाग्लेको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जनचेतनामुलक साँस्कृतिक नृत्य गरिएको थियो । चर्चका सहायक फदर समर वाग्लेले स्वागत गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, ८का निमित्त वडाध्यक्ष भगवती बस्नेत ,समाजसेवी शिवकुमार राजभण्डारी,धनप्रसाद सिवाकोटी,पत्रकार प्रदिप परियार लगायतले बोलेका थिए । कार्यक्रममा चर्चको नयाँ वर्षको क्यालेण्डर समेत वितरण गरिएका थियो ।
चर्चका सदस्य  बिक्रम वाग्लेले प्रार्थना गरेर सञ्चालन गरेको कार्यक्रममा फादर वाग्लेले येशू क्रिष्टको इतिहास बताउँदै प्रार्थना गरेर समापन गरेका थिए । 

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको फादर वाग्लेले बताए ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष समेत रहेका वाग्लेकाे भनाइ छ  । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालेको उनले बताए।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार