मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भद्रपुर महाेत्सवकाे तयारी पुरा, भाेलि ११ बजे उद्घाटन

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

झापा / झापाकाे भद्रपुरमा झापा उद्योग वाणिज्य संघले आयोजना गरेकाे महाेत्सवकाे पूर्ण तयारी भएकाे आयोजकले जानकारी दिएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा “समृद्धिको आधार, आर्थिक विकास : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ आयोजनाकाे तयारी पूर्ण भएकाे कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।

महोत्सवमा घरेलु, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रवर्द्धनका लागि १३० वटा स्टल भएकाे र।लगभग सबै स्टल बुक भईसकेकाे पनि राईले जानकारी दिएका छन् । 

महाेत्सवकाे उद्घाटन बुधबार दिनकाे ११ बजे झापाका सम्पूर्ण जनजातिका झाकिसहित हुने र उद्घाटनका दिन प्रवेश शुल्क पनि निशुल्क गरिएकाे सम्मेलनमा बताएका छन् ।

महोत्सवले उद्योग–व्यवसाय प्रवर्द्धनसँगै झापाको कृषि, पर्यटन तथा यस क्षेत्रका आदिवासी जनजाति एवं अल्पसंख्यक समुदायको संस्कृति र कला प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। महोत्सवमा हजारौँ दर्शकले अवलोकन गर्ने र करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ।

सन् २०१९ को कोभिड–१९ महामारी तथा हालको आर्थिक मन्दीपछि पुनः आर्थिक गतिविधि चलायमान बनाउँदै आर्थिक वृद्धिको खोजीमा रहेका उद्योगी–व्यवसायीका लागि यो महोत्सव महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको भनाइ छ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न नौ वटा उपसमिति गठन भई सक्रिय रूपमा काम गरिरहेको जानकारी पनि दिइयो। महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम, स्थानीय गीत–नृत्य, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत प्रदर्शनी र झाँकी प्रदर्शन प्रमुख आकर्षण रहने बताइएको छ।

कार्यक्रममा झापा जिल्ला खेलकुद समितिका अध्यक्ष भेषराज भण्डारी , काेशी प्रदेश सरकारका सदस्य छवि चुडाल, भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीलगायतले महाेत्सव सफलताको शुभकामना मन्तव्य  राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार